
काठमाडौँ । ५ दिनदेखि जारी सामुदायिक विद्यालयका शिक्षकहरुको काठमाडौँ केन्द्रीत आन्दोनलका विषयमा स्थाीय सरकारहरुले पहिलाे पटक मुख खोलेका छन् ।
आन्दोलन सुरु भएको ५ दिनपछि आज नेपाल नगरपालिका संघ र नेपाल गाउँपालिका राष्ट्रिय महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षकहरुका जायज माग पुरा गर्न संघीय सरकारलाई आग्रह गरेको छ ।
संघका अध्यक्षा भीम ढुंगाना र महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा शिक्षकहरुले उठाएका जायज माग पुरा गर्न आग्रह गरिएको छ ।
तर शिक्षकहरुले एसइईको उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने महत्वपूर्ण बेला भएको भन्दै आन्दोलनरत शिक्षक र कर्मचारीलाई विद्यालय फर्कन आग्रह गरिएको छ । यसका लागि वातावरण बनाउन उनीहरुको सरकारसँग माग छ । स्थानीय सरकारहरु शिक्षक र विद्यालय कर्मचारीका उचित माग सम्बोधनको पक्षमा रहेको भन्दै संघ र महासंघले गैरकानुनी सम्झोता नगर्न ध्यानाकर्षण पनि गराएका छन् ।
शिक्षकहरुले आफुहरु स्थानीय सरकारको मातहतमा नबस्ने घन्दै आन्दोलन गरिरहेका वेला स्थानयि सरकारले विद्यालय शिक्षा स्थानीय सरकारको अधिकार क्षेत्र भएको संवैधानिक व्यवस्थालाई आत्मसाथ गर्न आन्दोलनरत पक्षलाई अनुरोध समेत गरको छ ।
यस्तो छ संघ र महासंघको विज्ञप्ति