
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरमा कार्यरत कर्मचारीकाे ३ महिनाको तलव निकासा गरेकाे छ ।
प्रमुख प्रशासकीय अधिकृत अभावमा लामो समयदेखि महानगरका कर्मचारी र शिक्षकले तलव खान पाएका थिएनन् भने जनप्रतिनिधिको सुविधासमेत रोकिएको थियो ।
वडा नम्बर १७ का वडाअध्यक्षसमेत रहेका महानगरका प्रवक्ता नविन माननधरले वडापालिकासँग भने, ‘आज कर्मचारी ३ महिनाको तलव खुवाइइो नि, उनीहरुको खातामा गइसक्यो ।'
प्रवक्ताका अनुसार महानगरका ज्यालादारी कर्मचारीले ४ महिनादेखि र शिक्षकहरुले ६ महिनादेखि तवल पाएका छैनन् । अव क्रमश ज्यालादारी कर्मचारी र शिक्षकको पनि तलव निकासा हुने उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तलब रोकिएको थियो । गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई मेयर वालेन साहको अनिच्छाबीच कर्मचारी र जनप्रतिनिधिले हाजिर गराएपछि कर्मचारीले तलव पाएका हुन् । उनी महानगरमा हाजिर गर्न पुग्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।