Odapalika - The Fourth Estate - चौथो अंग
संविधान दिवसकै दिन किन छुट्छन् जेल जीवन बिताइरहेका अपराधी ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीबन्दीको कैद माफी मिनाहा गरेका छन् । 

मन्त्रिपरिषद्को सिफारिसमा उक्त कैदीहरुको भुक्तान गर्न बाँकी कैद राष्ट्रपतिले मिनाहा गरेका हुन् । उनले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, कारागार नियमावली, सर्वोच्च अदालतको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार आजबाट  लागू हुनेगरी उनीहरुलाई माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा उल्लेख छ । 

संविधान दिवसको खुसीयालीमा जेल जीवन बिताइरहेका र जेलमा असल चालचन देखिएकालाई सरकारको सिफारिसमा राष्ट्रपतिले कैद माफी दिने प्रचलन र कानुन छ । 

राजतन्त्रातमक व्यवस्थामा राजाको जनमदिनमा समते यस्तो कैद माफी दिइन्थ्यो । तर गणतन्त्र आएपछि पनि अपराधमा सजाय काटिरहेकाहरुलाई निश्चित मापदण्ड बनाएर छुटाउने चलनले निरन्तरता पाएको छ । 

पछिल्ला समय भने राजनीतिक दलहरुले दलीय आस्थाको आधारमा समेत गम्भीर अपराधमा संलग्नको पनि कैद माफी मिनाहा सिफारिस गर्न थालेका कारण यो प्रकृया विवादमा छ । 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update