
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र बसोवास गर्ने नागरिकले दर्ता गरेर मात्र कुकुर र बिरालो पाल्न पाउने भएका छन् ।
काठमाडौँ महानगरपालिकाले कुकुर र बिरालो पाल्नेले वडा कार्यालयमा पुगेर अनिवार्य दर्ता गर्नुपर्ने नियम बनाएको छ । महानगरपालिकाले सूचना जारी गर्दै कुकुर बिरालो दर्ताका लागि अनुरोध समेत गरेको छ । कुकुर र विरोलो वेचबिखन गर्नेले पनि अनिवार्य रुपमा माइक्रोचिपिङ गर्नुपर्ने सूचनामा भनिएको छ ।
‘काठमाडौं महानगरपालिका क्षेत्रमा कुकुररबिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुररबिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित बडा कार्यालयमा दर्ता गराएर मात्र पाल्नुहुन सम्बन्धित सबैमा अनुरोध छ । साथै, काठमाडौँ महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुररबिरालो बिक्री वितरण गर्ने व्यक्ति रसंस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नुरगराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।