Odapalika - The Fourth Estate - चौथो अंग
कर्मचारीलाई कस्ने खनाल आयोगको सुझावः २ वर्ष प्रदेशमा नबस्नेलाई सचिव नबनाउनू

काठमाडौँ । पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले निजामती सेवामा प्रदेशमा २ वर्ष बसेपछि मात्रै संघीय सरकारको सचिवमा बढुवा गर्ने व्यवस्था अबलम्बन गर्न सुझाव दिएको छ ।

आयोगले प्रदेश मन्त्रालयका सचिवलाई २ वर्ष पुगेपछि मात्रै सरुवा गर्न सुझाव दिने क्रममा यस्तो उल्लेख गरेको हो ।

‘प्रदेश सरकारका मन्त्रालयहरुमा पदस्थापन भएका सचिवलाई दुई वर्ष पूरा नगरी सरुवा नगर्ने, संघीय सरकारको सचिव पदमा बढुवा हुन प्रदेश सरकारका मन्त्रालयमा दुई वर्षको एक कार्यकाल पुरा गरेको हुनुपर्ने व्यवस्था गर्ने,’ आयोगले सरकारलाई दिएको सुझावमा उल्लेख छ ।

आयोगले सार्वजनिक निर्माणका लागि टोली खटाउन सुझाव दिएको छ । यस्तो टोलीले आयोजना निर्माणको अवधिभर काम गर्नुपर्ने सुझावमा उल्लेख छ । यस्तै, आयोजना प्रमुख र सम्बन्धित प्राविधिक कर्मचारीलाई सो आयोजना निर्माण सम्पन्न नभएसम्म सरुवा नगर्न पनि सुझाव दिइएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update