Odapalika - The Fourth Estate - चौथो अंग
१७औँ प्रयासपछि बल्ल  सुनुवाइ सुरु भयो बागमती नगरपालिकाका मेयरविरुद्धको भ्रष्टाचार मुद्दा 

काठमाडौँ । विशेष अदालतले १७औँ पटकको पेशीपछि बल्ल बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको भ्रष्टाचार मुद्दालाई निरन्तरको सुनुवाइमा लगेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ चैत २०८० मा मेयर थापाले भ्रष्टाचार गरेरअ कुत सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । 

त्यसयता यो मुद्दा आजसमेत १८ पटक पेशीमा चढिसकेको छ । हिजो अर्थात २ बैशाखबाट भने विशेष अदालतका अध्यक्ष टेकनारायण कुँबर, सदस्यहरु तेजनारायण सिंह रार्ई र विदुर कोइरालाको इजलासमा निरन्तर बहस सुरु भएको छ । 

मुद्दा दर्ता भएपछि पहिलो पटक ३१ असार २०८१ मा सुनुवाई भयो । विशेष अदालतले त्यसवेला ‘बुझने आदेश’गरेयता यो मुद्दा आजसमेत १८ पटक पेशीमा चढेको छ । १७औँ पटकको पेशीबाट भने बल्ल मुद्दा नियमति सुनुवाईमा गएको हो । 

आयोगले सार्वजनिक पद दुरुपयोग गरी मेयर थापाले ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

मेयर थापाले २०७४ को असोज ७ गतेदेखि २०७९ माघ २९  गतेसम्ममा आम्दानी ७ करोड ४६ लाख ५० हजार २०१ रुपैयाँ आम्दानी गरेको र १३ करोड २० लाख ३ हजारभन्दा बढी खर्च गरेको अख्तिायरको दाबी छ । मुद्दा दर्ताभएपछि मेयर थापा स्वतः निलम्बनमा छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update