Odapalika - The Fourth Estate - चौथो अंग
मन्त्री र मेयर बोकेर भक्तपुरबाट काठमाडौंँ  लाग्याे द्रुत बस, सर्वसाधारणलाई भाडा कति ? 

भक्तपुर । भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्री प्रकाश ज्वालाको पहलकदमीमा आजबाट भक्तपुरको सुर्यबिनायकबाट काठमाडौँको रतनपार्कसम्म द्रुत बस सेवा संचालन सुरु भएको छ । 

सुर्यबिनायकबाट मन्त्री ज्वाला, काठमाडौं महानगरपालिकाका मेयर, सुर्यविनायक नगरपालिकाका मेयर, मथ्यपुर थिमिका मेयरलगायतलाई बोकेर बस रत्नपार्कतिर हानिएको छ । यसलाई आयोजकले उद्घाटन भनेका छन् । 

बस सेवा आजबाट संचालन भएपनि यात्रुले भने भोलिवाट मात्र यो सेवा उपयोग गर्न पाउने बताइएको छ । 

सुर्यविनायकबाट रत्नपार्क पुग्न रुटका अन्य गाडीले डेढ घन्टा लगाउने गरेकामा यो बसले ४५ मिनेटमै रत्नपार्क लैजाने यातायत व्यवस्था विभागको दाबी छ । 

हाललाई २५ वटा बस कुदाउने योजनाअनुसार सडकमा लेनसमेत बेग्लै तय गरिएको छ । रातो रङले सडक पोतेर बनाइएका लेनमा द्रुत सेवाका बसमात्र कुद्न पाउने भएका छन् भने सर्वसाधारणले अन्य सार्वजनिक यातायतमा तिरे जतिनै भाडा तिरे पुग्ने बताइएको छ । 

विभागका अनुसार यस्ता बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्ने छन् । द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायत स्थानमा यात्रु चढाउने र ओराल्न मात्रै हुनेछ । अरु बसहरु जस्तो द्रुत सेवाका बसहरुले यात्रुहरु कुरेर बस्ने छैनन् ।

द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५र५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमा मात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update