Odapalika - The Fourth Estate - चौथो अंग
हत्या अभियोगमा थुनामा रहेका वडाअध्यक्ष सर्वोच्चमा, षड्यन्त्र भइरहेको पीडित परिवारको गुनासो 

काठमाडौँ । कांग्रेसका स्थानीय कार्यकर्ता सुलभ मल्ल र सन्दिप विष्टलाई खुँडा प्रहार गरी हत्याको प्रयास गरेको अभियोगमा थुनामा रहेको राप्तीसोनारी–२, का वडाध्यक्ष ज्ञानेन्द्रराज वली थुनामुक्त हुन माग गर्दै सर्वोच्च अदालत आइपुगेका छन् । 

व्यक्ति हत्या अभियोगमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि सो विरुद्ध उनले पुनरावेदन गरेका थिए । तर उच्च अदालतले समेत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने गरी गरेको आदेश सदर गरेपछि उनी बन्दीप्रत्यक्षीकरणको रिटमार्फत सर्वोच्च आइपुगेका हुन् । 

एमालेका तर्फबाट निर्वाचित वडाअध्यक्ष ओलीले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले भोलि अर्थात शुक्रवार सुनुवाईका लागि मिति तोकिदिएको छ । 

यसअघि ज्यान मार्ने उद्योगमा उनीसहित ९ जनालाई जिल्ला अदालत बाँके र उच्च अदालत नेपालगञ्जले पुर्पक्षका लागि थुनामा पठाएको थियो । 

गत भदौ १ गते वडाध्यक्ष वलीसहित ९ जनाले बाँकेको बिनौना चोकमा शुलभ मल्ल र सन्दीप विष्टमाथि खुँडा र खुकुरी प्रहार गरेको आरोप छ । सन्दिप विष्टकी श्रीमती चेतना पुरी विष्टले ९ जनाविरूद्ध ज्यानमार्ने उद्योगमा प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि प्रहरीले उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । 

अहिले वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज वली, ३२ वर्षिय सन्दिप ओली, ३२ वर्षीय रत्न भण्डारी, ३७ वर्षीय लोकेन्द्र डाँगी, ३० वर्षीय विशाल भण्डारी थुनामै छन् । तर राजनीतिक पहँुच देखाएर थुनामुक्त हुन सर्वोच्च अदालतसम्म आइपुगेको पीडित पक्षको दाबी छ । आक्रमणमा परेका 

घटनामा संलग्न पाँच जना नारायण डाँगी, बाला भनिने सन्तोष गुप्ता, नवीन भण्डारी, ऋषि देवकोटा र आगमन प्रताव सिंह अझै फरार छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update