Odapalika - The Fourth Estate - चौथो अंग
शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई कसले हान्यो गोली ?

 काठमाडौँ । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ ।

बिहीबार राती साढे ११ बजे कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीलाई लक्षित गरी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डिएसपी मोहनमणि अधिकारीका अनुसार  घरपरिसमा रहेको शौचालय जानेक्रममा उनीमाथि गोली प्रहर भएको हो । 

गोली प्रहार भए पनि अध्यक्ष चोधरीलाई नलागेका कारण उनी शकुशल रहेको प्रहरीको भनाइ छ । मायादेवी गाउँपालिका १ स्थित घरको परिसरमा रहेको शौचालय गएर फर्किने क्रममा गोली प्रहार भएको डीएसपी अधिकारीले बताए ।

डीएसपी अधिकारीका अनुसार, घटनास्थलमा पेस्तोलमा प्रयोग हुने गोलीको खोका भेटिएको छ । घटनाबारे अनुसनधान थालेको प्रहरीले अहिलेसम्म कसले र किन उनीमाथि प्हार गर्न खोजको हो भन्ने खुलेको छैन । प्रहरीले अनुसनधान जारी राखेको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update