Odapalika - The Fourth Estate - चौथो अंग
महानगर मेयर रेनु दाहाललाई उपमहानगर मेयर साम्पाङकाे जवाफः तिम्रो बाउ ठीक रैनछ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालमाथि व्यक्तिगत टिप्पणी गरेका छन् ।

मेयर साम्पाङले मेयर दाहाललाई उनका बाबु प्रचण्डसँग जोडेर ‘तिम्रो बाउ ठीक रैनछ’ भनेका हुन् । साम्पाङले सामाजिक संजाल एक्समा यस्तो उल्लेख गरेका हुन् । आफूले माग्दा कम बजेट दिएको तर छोरी मेयर भएका कारण प्रचण्डले प्रधानमन्त्री भएको बेलामा भरतपुर महानगरलाई बढी बजेट दिएका कारण सो महानगरमा ठूला पूर्वाधार बन्न सकेको उनको आरोप छ ।

‘रेनु दहालले मलाई ठुला योजना गर्नु पर्थौ भनेर भनेछ ! रेनुजी तपाइँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने ? बाऊ ठिक रैनछ पार्टी ठिक रैछ छ त ?’ मेयर साम्पाङले लेखेका छन् ।

यस्तै, उनले धरानमा एयरपोर्ट बनाउन खोज्दा पनि माओवादी पार्टीकै नेता सुदन किराती पर्यटनमन्त्री भएको बेलामा अनुमति नदिएको दुखेसो मेयर साम्पाङ्को छ ।

‘एयरपोर्ट मागेको तपाइँकै पार्टीको सुदन किराती मन्त्री थिए र तपाइँकै बाऊ प्रधानमन्त्री थिए, बिराटनगरमा छँदैछ किन चाहियो धरानमा भने ! अहिलेका पार्टी ठिक्छैन रैछ कुनै पनि विभेद गर्छ ! तपाइँको बाऊले नि प्रम हुँदा बजेट जति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ! मेयर साम्पाङ्ले लेखेका छन् ।

उनले अगाडी लेखेका छन्– अब ८४ मा म आफै आएर गर्नु पर्ला त्यो ठाउँमा भन्दैछु ! बालेन जीको कुरा नगर्नु वहाँको बजेट २६ अर्ब माथि छ ! पैसा २० प्रतिशत पनि खर्च गर्न सक्दैन त्यो महानगरले । बिना पैसा पनि बिकास कसरी गर्न सकिन्छ !

जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु ! भिजन भनेको के हो त्यो म सिकाउँछु ! विदेशी ऋण बोकेर धेरै ठूलो गाडी हाँक्नु हुँदन ! स्वादेशी उत्पादनमा जोड दिनु पर्छ ! यो हो भिजन ।

बिचरा तपाइँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईंहरुको पार्टी सामन्त र दलाल, पूँजीपतिहरुको पार्टी बनिसक्यो भन्ने ! बिचरा ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update