Odapalika - The Fourth Estate - चौथो अंग
मेयर बालेनलाई हेडसरहरूको चुनौतीः पढाउँदैनौँ, माइतीघरमै हुन्छौँ 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानअध्यापकहरुले स्थानीय सरकारले गरेको आग्रहलाई बेवास्ता गर्दै विद्यालय बन्द गरेर आन्दोलनमा होमिने पूर्वनिर्धारित कार्यक्रमलाई निरन्तरता दिने भएका छन् । 

काठमाडौँका मेयर बालेन शाह र महानगरपालिकाले विद्यालय बन्द गरे कारवाही गर्न चेतावनी दिएलगत्तै महानगरभित्रका सामुदायिक विद्यालयका प्रधानअध्यापकहरुले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गरेर माइतीघरमा जारी आन्दोलनमा सहभागी हुन सबै शिक्षकहरुलाई आह्वान गरेका छन् । 

उनीहरुले बन्दका बेला विद्यार्थीको पढाइ प्रभावित हुने भएकाले यसको क्षतिपूर्ति गर्न बिदाका दिनसमेत पठनपाठन गराउने भन्दै हाल घोषित आन्दोलनका कार्यक्रमबाट पछि नहट्ने बताएका छन् । 

यस्तो छ विज्ञप्ति 

380423034_10230769008830601_5966567590084052142_n1695215695.jpg

 

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update