
काठमाडौँ । संघीय सरकारले विराटनगर महानगरपाकिलाको प्रमुख प्रशासकीय अधिकृतमा राम चरित्र मेहतालाई सरुवा गरेको छ ।
मन्त्रीपरिषदको बैठकले युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत मेहतालाई विराटनगरको प्रशासन हेर्ने जिम्मा दिएको हो ।
सरकारले ४७ जना सहसचिवको सरुवा गर्दा ३ वटा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मुख्यमन्त्री कार्यालयतिर सरुवा गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्कालाई सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइएको छ ।
उता जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र कुमार मिश्रलाई पनि सूदुरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतका रुपमा इटहरी उपमहानगरपालिकामा कार्यरत हेमराज भुसाललाई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बागमती प्रदेशमा सरुवा गरिएको छ ।
उपसचिवसम्मका कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सोभन्दा माथिल्ला तहका कर्मचारीलाई मन्त्रीपरिषदले सरुवा गर्ने गरेको छ ।