Odapalika - The Fourth Estate - चौथो अंग
गाउँपालिका र नगरपालिका संघको चेतावनी : शिक्षकले विद्यार्थीको अधिकार र संविधानको दायरा ख्याल गर्नू 

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिहरुको छाता संगठनहरुले शिक्षकहरुलाई माग पूरा गराउने आन्दोलनमा होमिइरहदा विद्यार्थीको पढ्न पाउने अधिकार र संविधानको दायराको ख्याल राख्न पुनः अनुरोध गरेको छ । 

नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले संयुक्त विज्ञप्तिमार्फत शिक्षकहरुलाई विद्यालय  फर्कन आग्रह समेत गरेको छ । 

आफुहरु सधैँ शिक्षकहरुका जायज मागको पक्षमा रहेको भन्दै शिक्षकले उठाएका यस्ता मागको सम्बोधन गर्न संघीय सरकारसमक्ष उनीहरुले आग्रह पनि गरेका छन् । 

संघका अध्यक्ष भीम ढुंगाना र महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संयुक्त हस्ताक्षर गरेर जारी गरको विज्ञप्तिमा संविधानले विद्यालय शिक्षालाई स्थानीय तह मातहत राखेको भन्दै स्थानीय तहको मातहतमा नबस्ने माग संविधानविरोधी हुने उनीहरुले बताएका छन् । 

लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीकये मनोविज्ञानमा नकारात्मक असर परेको भन्दै उनीहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेर विद्यालय फर्कन भनेका छन् । 

WhatsApp-Image-2025-04-24-at-20.01.45-1745544221.jpeg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०७:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update