Odapalika - The Fourth Estate - चौथो अंग
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा, अन्यत्र सफा 

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि  सामान्य  बदली  रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।  

हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहेको विभागले जनाएको छ । 

हाल सुदूर पश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू–भागहरुमा मौसम सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन÷चटयाङ सहित हल्का वर्षा भैरहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।  

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको पनि विभागले उल्लेख गरेको छ । 

राति देशभर मौसम आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update