
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले वार्तामा बस्न आग्रह गरेलगत्तै नेपाल शिक्षक महासंघको टोली सिंहदरवार गेटसम्म पुग्यो ।
तर गेटमा मन्त्रालयले शिक्षकहरुलाई प्रवेशमा सहज होस भनेर प्रहरीलाई नाम टिपाएको थियो । शिक्षकहरुले यी नामावलीलाई सरकारले आफ्नो वार्ता टोली बनाएको बुझ्यो र वार्ता नगरी फर्कियो ।
मन्त्रालयले सिंहदरवार प्रवेशमा सहजीकरण गरिदिन भन्दै सिंहदरवारको गेटमा डिउटीमा बसेका प्रहरीलाई दिएको नामको लिष्टमा भने महासंघका अध्यक्षसहित पदाधिकारीहरुको नाम छ ।
नेपाल प्रहरीको सिंहदरवार सुरक्षा गणका नाममा लेखिएको पत्रमा समावेश २५ जना शिक्षकहरु यी हुन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२ १६:५३
प्रतिक्रिया दिनुहोस्