Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो हुनेछ आज माइतीघरमा शिक्षकको आन्दोलन, बन्यो १२ नियम 

काठमाडौँ । विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंँ केन्द्रीत आन्दोलन थालेको आज दोस्रो दिन हो । 

नेपाल शिक्षक महासंघका अनुसार आजपनि देशभरबाट शिक्षकहरु विरोध कार्यक्रममा थपिने क्रम जारी रहने छ भने आन्दोलनलाई व्यवस्थित बनाउन १२ बटा नियम बनाइएको छ । 

पहिलो नियमअनुसार साढे १० मा माइतीघर मण्डलामा भेला भइसक्नुपर्ने छ भने राष्ट्रिय र प्रदेश महासंघको व्यानरमा माइतीघरबाट बानेश्वरसम्म पुगेर जुलुसले कोणसभा गर्नेछ । 

तर पहिला महासंघको व्यानर र लाइन हुनेछ भने चौथो नियममा प्रदेश महासंघको लाइन र व्यानर हुनै पर्ने छ । त्यसपछि पालिकागत लाइन हुने नियम छ । 

प्रदेशका ७ बटा बेग्लाबेग्लै लाइन हुनेछन् । पहिलो लाइनमा सूदुरपश्चिमको हुनेछ भने सातौँमा कोशी प्रदेशको लाइन हुने नियम बनाइएको छ । 

सबै शिक्षकले प्रदेशअनुसार लाइनमा लाग्नुपर्ने नियम छ । प्रदर्शनका क्रममा छातादेखि पानीका बोतलसम्म आफैँले व्यवस्थापन गर्नुपर्ने छ भने आन्दोलन परिचालन समितिले दिएको निर्देशन उल्लंघन गर्न पाइने छैन । 

अर्को नियममा अनुसाशित हुनुपर्ने उल्लेख छ भने बिरामी परेमा स्वयंसेवकलाई भन्नुपर्ने नियम बनाइएको छ । 

विरोध कार्यक्रममा सहभागी हुने शिक्षकलले पालिकागत हाजिरी गरी जिल्ला संघमार्फत प्रदेशमा वुझाउनु पर्ने नियम छ । 

परिचालन समितिले तय भएको नारा मात्र प्रदर्शनका क्रममा लगाउन पाउने नियमसमेत तय गरेको छ । 

कर्मचारी थाकेपछि नगरपालिकाभर सार्वजनिक बिदा !

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आफ्ना कर्मचारी धेरै कामका कारण थाकेको भन्दै नगरपालिका क्षेत्रभित्रका सबै सरकारी र गैरसरकारी कार्यालयमा आज बिदा दिने निर्णय गरेको छ । 

नगरपालिकाकाको लेटरहेडमा बेनामे हस्ताक्षरमा पालिकाको वेभसाइटमार्फत सार्वजनिक गरिएको सूचनामा संविधान दिवसका दिन पालिकाको नयाँ प्रशासनिक भवन उद्घाटनका क्रममा खटिनुपर्दा कर्मचारी गलेको भन्दै आज अर्थात ४ असोजमा सार्वजनिक बिदा हुने उल्लेख छ । 

नगरपालिकाले गत ३१ भदौ देखिनै नगरपालिकाका सबै सेवा बन्द गरेर पुरानो भवनबाट नयाँ भवनमा सामान सार्ने काम गरेको नगरका कर्मचारीहरु बताउँछन् । 

सामान सार्ने धपेडीका कारण कर्मचारी गलेर नगरपालिकाका कर्मचारीलाई एक दिन बिदा दिएपनि विद्यालयदेखि सवै सरकारी र गैरसरकारी कार्यालयमा किन बिदा दिनुपरेको भन्ने विषयमा भने नगरपालिका मौन छ । 

नगरपालिकाका एक कर्मचारीले भने केही कर्मचारीको दवावमा पालिकाभर बिदा दिने निर्णय भएको बताए ।

सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालय शिक्षा विधेयकका विरुद्ध विद्यालय बन्द गरेर आन्दोलनमै छन् भने नगरपालिकाको यो निर्णयका कारण पालिकाभित्र भएका सवै सरकारी कार्यालय, बैक तथा बित्तीय संस्था र गैरसरकारी कार्यालयहरु बिदा हुनेछन् । 

यस्तो छ नगरको सूचना 
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update