Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस र नेकपा एसकाे बैठक आजः फरक फरक एजेण्डामा छलफल 

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ भने नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । 

कांग्रेस बैठक दिउँसो १ बजेदेखि सुरु हुँदैछ भने नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बिहान साढे १० बजेबाट बस्दै छ । 

कांग्रेस बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको छ भने मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाइएको छ ।

यसका साथै बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुनेछन् । 

एकीकृत समाजवादीको बैठकमा १४ देखि २९ सम्म  पार्टीले गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफलमा केन्द्रीत छ । 

एकीकृत समाजवादीले सार्वजनिक सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार र कमिशनतन्त्रविरुद्ध, महिला तथा बालबालिकामाथि हुने उत्पीडन, यौनहिंसा र बेचबिखन, जातीय विभेद, छुवाछुत, दाइजो तथा तिलक, छाउपडीलगायत समाजमा रहेका कुप्रथाविरुद्ध समाजवादी जागरण यात्रा आयोजना गर्दै छ । 

यसका अतिरिक्त बैठकमा पार्टीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन–११ बारे पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update