Odapalika - The Fourth Estate - चौथो अंग
बायो डाइभर्सिटी–२०३० को पक्ष राष्ट्र बन्यो नेपाल 

काठमाडौँ । नेपालले बायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

बुधबार राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित समारोहमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले हस्ताक्षर गरेका हुन् ।

उनले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आएका राष्ट्रसंघले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । राष्ट्रसंघले सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने जनाएको छ ।

खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०÷३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update