Odapalika - The Fourth Estate - चौथो अंग
सामुदायिक विद्यालयका गेटमा भोटे ताला, केही शिक्षक माइतीघरमा, केही घरमै आराम 

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा राष्ट्रिय शिक्षक महासंघले गरेको बिद्यालय बन्द आह्वानका कारण काठमाडौंँ उपत्यकासहित देशभरका सामुदायिक बिद्यालयको मुलगेट मै भोटे ताला लागेका छन् । 

स्थानीय तहहरुको कारवाही गर्ने चेतावनीको वेवास्ता गर्दै सबै सामुदायिक विद्यालयका शिक्षकहरुले बिद्यालयमा ताला लगाएर आन्दोलनमा सहभागी भएका छन् । 

देशभरका सामुदायिक विद्यालयका प्रतिनिधिहरु काठमाडौंँ केन्द्रीत आन्दोलनमा होमिएका कारण आजबाट सबै विद्यालयमा ताला लागेको हो । 

हिजोबाट आन्दोलन सुरु भएपनि संविधान दिवसको बिदाका कारण विद्यालय बन्द नै थियो । 

तर आज बिहानैबाट विद्यालय पुगेका विद्यार्थीहरुलाई पठनपाठन नहुने भन्दै फर्काइएको छ भने प्रधानअध्यापकहरुकै अगुवाइमा विद्यालय बन्द गरिएको छ । 

विद्यालय बन्द गरेपछि काठमाडौंँ नआएका शिक्षकहरु भने घरमै आराम गरेर बसिरहेका छन् । विद्यार्थीहरु भने विद्यालय बन्दका कारण अन्योलमा परेका छन् । 

विद्यालयमा विद्यार्थीले हाजिर गरेर पढ्न नपाएपछि आन्दोलनरत शिक्षकहरुले भने आन्दोलनस्थलमै पालिकाअनुसार हाजिर गर्ने बताइसकेका छन् । 

काठमाडौंँ महानगरपालिकासहित देशभरका अधिकांश स्थानीय तहले भने शिक्षकहरुको विद्यालय बन्द गर्ने निर्णयप्रति बिमति जनाउँदै गयल दिनको तलव काट्ने निर्णय गरिसकेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update