Odapalika - The Fourth Estate - चौथो अंग
बालेनले थाले विद्यालयको रिपोर्टिङ, बन्द विद्यालयका प्रधानअध्यापक र शिक्षकलाई कारवाहीको तयारी 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनपछि महानगरका प्रहरीले सामुदायिक विद्यालयको रिपोर्टिङ लिइरहेका छन् । 

महानगरका प्रहरी खटाएर नगरपालिकाले पठनपाठन भए नभएको विद्यालय बन्द रहेनरहेको स्थलगत विवरण संकलन गर्दै छ । 

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार नगर प्रहरीले महानगरभित्रका ८९ वटा सामुदायिक विद्यालयमे पुगेर अवस्थाबारे महानगरको शिक्षा शाखालाइृ अवगत गराउने छन् । 

विवरण संकलन भएपछि बन्द भएको वा नियमित कक्षा नभएको पाइए प्रधानअध्यापक र शिक्षकमाथि आजैबाट कारवाही थाल्ने महानगरको तयारी छ । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update