Odapalika - The Fourth Estate - चौथो अंग
कृषकका गोरु मरे मकै पनि ढले, पालिकाको राहतः १ मुरी मकै र साढे २ हजार नगद

बागलुङ । कृषकहरुले लगाएको मकैबाली हावाहुरीले नष्ट गरेपछि तमानखोला गाउँपालिकाले पीडित किसानलाई राहत दिने भएको छ । 

गत साताको हावाहुरकिा कारण पालिकाका कृषकहरुको मकैबालीमा गम्भीर क्षति पुगेको थियो ।  गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरका अनुसार हावाहुरीले करिव ७०० रोपनी क्षेत्रफलमा लगाइएको मकैबाली नष्ट गरेको छ । 

यसबाट कृषकले किसानले ५० लाख रुपैयाँ भन्दा वढीको क्षति व्यहोरेका छन् ।  गाउँपालिकाले ७००  घरधुरीलाई प्रतिघर एक मुरी मकैको बिउ राहतस्वरुप उपलव्ध गराउने अध्यष वुढामगरले बताए । 

कृषकले बाली बीमा नगरेक कारण सबै क्षतिको जिम्मा लिन समस्या भएकाले अब बाली बीमाको अवधारणापनि संगसंगै अघि सारेको उनको भनाई छ । 

पालिकाभित्र लम्पी स्कीन संक्रमणका कारण कृषकले थुप्रै गाईभँैैसी पनि गुमाएका छन् । 

संक्रमणबाट हालसम्म १५५ पशुचौपाया मरिसकेका छन् । ती पशुचौपायाका पाल्ने किसानलाई प्रतिपशु २ हजार ५०० रुपैयाा नगद उपलब्ध गराइने अध्यषले बताए । 

उनले पालिका अन्तर्गतका सबै पशुपालक किसानलाई समूह बनाएर पालिकाले पशु बीमा गरिदिने पनि उनको भनाइ छ । 

हावाहुरीका कारण गाउँपालिका–१ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायतका गाउँका करिब ७००सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको थियो ।  
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update