Odapalika - The Fourth Estate - चौथो अंग
विद्यालय बन्द गर्ने शिक्षकमाथि कारवाही गर्ने ३ महानगरपालिकाको घोषणा, भरतपुर महानगर नरम

काठमाडौँ । काठमाडौँ महानगरपालिकापछि  बीरगंज र पोखरा महानगरपालिकाले पनि विद्यालय बन्द गरेर आन्दोलन नगर्न सामुदायिक विद्यालयका शिक्षकहरुलाई आग्रह गरेका छन् । 

दुबै नगरपालिकाले आज विज्ञप्तिमार्फत विद्यालय बन्द गर्ने शिक्षक महासंघको निर्णय पुर्नबिचार गरेर पठन पाठन सुचारु नगरे शिक्षकहरुलाई कारवाही गर्ने बताएका छन् । 

पढ्न पाउने मौलिक हकको हनन भएको भन्दै महानगरपालिकाहरुले तत्काल आन्दोलनका स्वरुप परिवर्तन गरी कक्षाकोठाको पठनपाठन प्रभावित नहुने गरी आन्दोलनका कार्यक्रम गर्न भनेका छन् । 

बीरजंग महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले विज्ञप्ति जारी गर्दै महानगरभित्रका विद्यालय ततकाल सुरु नगरे सम्वन्धित विद्यालयका प्रधानअध्यापकहरुले यसको जिम्मेवारी लिनुपर्ने बताएका छन् । 

उता पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विज्ञप्ति जारी गर्दै पढ्न पाउने हक कुण्ठित नगर्न शिक्षकहरुलाई आग्रह गरेका छन् । 

भरतपुर महानगर नरम

भरतपुर महानगरपालिका भने अन्य नगरपालिकाको तुलनामा शिक्षकहरुको आनदोलनप्रति नरम देखिएको छ । 

उसले शिक्षकहरका अन्य मागमा ऐक्यवद्धता जनाउदै विद्यालय बन्द गरेर गरिने आन्दोलनको स्वरुप भने परिमार्जन गर्न आग्ह गरेको छ । 

नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालले आज विज्ञप्ति जारी गर्दै स्वरुप परिवर्तन गर्न आग्रह गरेका छन् । 
 

 

 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update