Odapalika - The Fourth Estate - चौथो अंग
शिक्षकले स्थानीय सरकार मातहत बस्दैनौं भनेपछि जुटेन सहमति, आज पुनः वार्ता 

काठमाडौँ । विद्यालय शिक्षा विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै कक्षाकोठमा ताला लगाएर आन्दोलन गरिरहेका शिक्षकहरुलाई सरकारले संघीयता विरोधी माग पुरा गर्न नसकिने बताएको छ । 

शिक्षक प्रतिनिधि र गृह तथा शिक्षामनत्रीसमेतको वार्ता टोलीबीच जारी वार्तामा शिक्षकले अघि सारेका १७ बुँदे मागमध्ये संघीयताको मर्म विपरित कतिपय माग भएको भन्दै यासलाई पुरा गर्न अस्वीकार गरेको छ । 

बिहीबार रातिसम्म चलेको वार्तामा शिक्षकहरुले विद्यालय शिक्षालाई स्थानीय तहमातहत राख्न नहुने बताएपछि सरकारले यो मागमा सहमति हुन नसक्ने अडान लिएको छ । 

संविधानले विद्यलाय शिक्षासम्वन्धि कानुन बनाउने देखि लिएर विद्यलायको संचालन र व्यवस्थापसम्मको एकल अधिकार स्थानीय तहलाई दिएको छ । 

तर शिक्षकहरुले भने आफुहरु स्थानीय तह मातहत बस्न नचाहेको भन्दै प्रदेश वा संघ मातहत ल्याउनुपर्ने अडान राखेपछि बिहीबारको वार्ता निष्कर्षमा पुग्न सकेन । 

दुबै पक्षले थप छलफल गरेर शुक्रवार पुन वार्तामा बस्ने जनाएका छन् । विद्यालय शिक्षालार्य स्थानीय तह मातहत नराख्ने बाहेकका अन्य मागहरुमा संसदबाटै समाधान निकाल्न सकिने सरकारले प्रतिवद्धता जनाइसकेको छ । 

तर विद्यालय शिक्षालाई स्थानीय तह मातहत राख्न पाइदैन भन्नु संविधानको उल्लंघन हुने र तत्काल यसलाई संसोधन गर्न असम्भव रहेको सरकारले प्रष्ट पारकेो बार्तामा सहभागी शिक्षामन्त्री अशोक राईले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update