Odapalika - The Fourth Estate - चौथो अंग
कोशी र मधेसमा हावाहुरी, अन्य प्रदेशमा यस्तो छ मौसमको अवस्था 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कतिपय प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने मधेश र कोशी प्रदेशको तराई भु–भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ । 

राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बांकी भू–भागहरुमा आंशिक बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै कोशी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । मधेश र कोशी प्रदेशको तराई भु–भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना छ ।

कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनो छ भने कोशी र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update