Odapalika - The Fourth Estate - चौथो अंग
विश्व बैंकले २ करोड डलर अनुदान दिने, १६  गाउँपालिकाका किसानलाई फाइदा

काठमाडौँ । विश्व बैंकले नेपाललाई २ करोड अमेरिकी डलर (२० मिलियन अमेरिकी डलर) बराबरको अनुदान दिने भएको छ ।

विश्व बैंकले आज एक विज्ञप्ति प्रकाशित गरी यो अनुदान दिन लागिएको जानकारी दिएको हो । विश्व बैंकले दिएको यो अनुदान रकम १६ गाउँपालिकाका किसानको हितमा खर्च हुनेछ । 

विश्व बैंकले दिएको यो अनुदान रकम खाद्य तथा पोषण सुरक्षा परियोजनामा खर्च गरिने विश्व बैंकले जानकारी दिएको छ । यो कार्यक्रम अन्तरगत १६ गाउँपालिकाका ५५ हजार साना किसान लाभान्वित हुने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update