Odapalika - The Fourth Estate - चौथो अंग
अब भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने

काठमाडौँ । बससेवा डटकमको टिकट अबदेखि भाइबरबाट पनि काट्न सकिने भएको छ ।

अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने व्व्यवस्था गरेको हो ।

बससेवा ट्राभल्स् र रिकुटेन भाइबरबीच एक कार्यक्रमका बीच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सुम्झौता भएको हो । सम्झौतापत्रमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र रिकुटेन भाइबसका तर्फबाट निर्देशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गरे ।

सम्झौतासँगै अबदेखि भाइबरको च्याटबक्स् मार्फत नेपालका कुनैपनि गन्तव्यको बस टिकट काट्न सकिनेछ । यात्रुहरूले भाइबरबाटै सहजै टिकट बुकिङ गर्न सक्ने बससेवा डटकमले जानकारी दिएको छ ।

‘हामीले जहिले पनि यात्रुहरुलाई सहज हुने गरी सेवा प्रदान गर्दै आएका छौँँ । यात्रुलाई भाइबरबाट पनि टिकट काट्न सकिने सेवाले थप सहजता ल्याउनेछ भन्ने हाम्रो विश्वास रहेको छ,’ सम्झौता कार्यक्रमममा बससेवाका प्रमुख कार्यकारी पिआर खनालले भने ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तगर्तत रहेर बससेवा डटकम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ ।  साथै बससेवाले भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update