Odapalika - The Fourth Estate - चौथो अंग
दावा टेक्नोलोजिले सम्पन्न गर्यो ‘डिलर्स मिट २०२३’

काठमाडौं । दावा टेक्नोलोजीले नेपालभरका ‘डिलर मिट’ सम्पन्न गरेको छ । चिनियाँ ब्राण्ड दावाले नेपालको आधिकारिक बिक्रेता एचएमसी नेपालको आयोजनामा एक कार्यक्रम गर्दै डिलर मिट सम्पन्न गरेको हो ।

डिलर मिटका क्रममा वर्षभरी दावा टेक्नोलोजीको सामाग्री धेरै बेच्ने १२ डिलरलाई सम्मानसहित ५ लाख बराबरको हेल्थ इन्स्योरेन्स प्रदान गरिएको छ । 

आधिकारिक बिक्रेता एचएमसीका सन्तोषकुमार श्रेष्ठले दावा टेक्नोलोजीका कारण नेपालमा असुरक्षाको जोखिम न्यूनीकरण हुँदै गएको बताए । उनले चिनियाँ कम्पनी दावा टेक्नोलोजीबाट उत्पादित सीसी क्यामेराका कारण समाजमा शान्ति र अमनचयन कायम गर्न सहयोगी भूमिका खेलेको बताए ।

यस्तै, एआईजी किरण बज्रचार्यले सीसी क्यामेराका कारण समाजमा सुरक्षा र शान्ति कायम गर्न सहज भएको बताए । उनले देशमा भइरहेका प्रमुख अपराधिक घटनामा सीसी टीभी फुटेजका कारण अनुसन्धान गर्न र उनीहरुलाई नियन्त्रणमा लिन सहज भएको समेत बताए ।

देशभरका डिलहरु सहभागी ‘डिलर मिट २०२३’मा चीनबाट दावा टेक्नोलोजिका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेम्स युले नेपालमा सीसी क्यामेराको बजार बढ्दो अवस्थामा रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update