Odapalika - The Fourth Estate - चौथो अंग
किलोको ५ सय पर्ने कुरिलोको स्वादको चाउचाउ कतिमा बेच्छ चौधरी ग्रुपले ?

काठमाडौँ । व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गत रहेको सीजी फुड्स नेपालले कुरिलोको स्वादमा चाउचाउ उत्पादन गरी विक्रीका थालेको छ । आफ्ना उत्पादनहरुको विस्तारलाई निरन्तरता दिदै नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नूडल्स बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।

कुरिलोको स्वादमा उपलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताहरुको पहिलो रोजाइ बन्ने कम्पनीले विश्वास लिएको छ ।

बहुउपयोगी र स्वस्थका हिसावले उत्तम मानिने कुरिलोको स्वाद भएको यो चाउचाउको मसलामा डिहाइड्रेटेड भेजिटेवल्स जस्तै कुरिलोको टुक्रा, हरियो मटर र च्याउ मिसाइएको हुँदा सोल्टी कुरिलो बजारमा उपलब्ध अरु चाउचाउ भन्दा पृथक रहेको कम्पनीले जनाएको छ । 

कुरिलो फाइबरको एक प्रमुख स्रोत हो, जसले पाचन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दछ । साथै, कुरिलो भिटामिन र मिनरल्सको प्रमुख स्रोत पनि हो ।

अहिले कालिमाटी तरकारी तथा फलफूल बजारमा कुरिलो प्रतिकेजी ४५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्ममा विक्री भइरहेको छ । औसतमा कुरिलोको मूल्य प्रतिकेजी ४७५ रुपैयाँ पर्ने कालिमाटी तरकारी तथा फलफूल विकास समितिले जानकारी दिएको छ ।

आकर्षक प्याकेटमा उपलब्ध ७५ ग्रामको कुरिलो स्वादको सोल्टी इन्स्ट्यान्टनूडल्सको उपभोक्ता मूल्य २५ र ७० ग्रामको चिकेन स्वादको सोल्टी नूडल्सको उपभोक्ता मूल्य २० रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update