Odapalika - The Fourth Estate - चौथो अंग
यातायत क्षेत्रमा लाग्यो दसैँ, मन्त्रीले बनाए अनुगमन कार्यदल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार र अनुगमन  गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन् । 

शुक्रवार सरोकारवाला सवै पक्षलाई बोलाएर मन्त्री ज्वालाले यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरेका हुन् । 

‘यातायात क्षेत्र चुस्त नहुँदा दशै, तिहार र छठ जस्ता पर्वहरुमा लाखौ यात्रृहरुले सास्ती पाउँदै आएका छन्, यो बर्ष त्यसलाई व्यवस्थित गर्न समयमै कार्यदल बनाएका छाैँ मन्त्री ज्वालाले भने, ‘कार्यदलले एक साताभित्र प्रतिवेदन दिन्छ, त्यही आधारमा व्यवस्थापनको काम थाल्छौँ ।’ 

यात्रुहरु ठगिने, बाटोमा अलपत्र जस्ता सास्ती ब्यहोर्न नपरोस् भनेर मन्त्री ज्वालाले सरोकारवाला निकायसँग बैठक गरेको बताएका छन् । 

मन्त्री ज्वालाले सिंहदरवारमा बोलाएका कार्यक्रममा राज्यमन्त्री नन्दा चापागाई, बाग्मति प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात ब्यवसायी महासंघ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनकाका प्रतिनिधिहरु र काठमाडौं महानगरपालिकाको सहभागी थिए । 

दशै, तिहार र छठ पर्वमा राजधानी काठमाडौंबाट बर्षेनी १० लाख यात्रुहरु बाहिरिने गरेका छन् । मन्त्री ज्वालाले दसैँको बुकिङ खुल्नुभन्दा अघि सडकको अवस्था सुधार गर्न सडक विभागलाई निर्देशन पनि दिए । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडकको अवस्था सुधार गर्न तत्कालै टोली खटाउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update