Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसमः कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबैतिर खराब

काठमाडौँ । हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहनुको साथै भारतको झारखण्ड आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

जसको कारण हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी भूभागमा सामान्य बदली रही केही स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने कोशी, मधेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

राति भने देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update