Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले थाल्याे ३२ वटै वडामा नमुना सीप विकास कार्यक्रम

काठमाडौँ । काठमाडौंँ महानगरपालिकाले स्थानीय सीप र उत्पादनको बजारीकरणका लागि ‘एक वडा एक नमुना कार्यक्रम’ संचालन गर्ने भएको छ । 

काठमाडौंँ महानगरका मेयर बालेन शाहका अनुसार मौलिक सीप र उत्पादनसँग जोडिएका बस्तु तथा उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन यो कार्यक्रम अघि सारिएको हो । 

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका हरेक वडाको छुट्टै पहिचान छ । माटाका भाँडाकुँडा बनाउने, चित्रकला, मूर्तिकला, काष्ठकला, प्रस्तरकला, खानपान, बाद्य सामग्री निर्माण, पहिरन र शृङ्गारका सामाग्री निर्माण जस्ता काममा स्थानीय जोडिएका छन् । 

महानगरले यस्ता उद्यमीहरूको क्षमता अभिवृद्धि गर्नको लागि महानगरले विभिन्न तालिम पनि दिँदै आएको छ ।

महानगरसँग अहिलेसम्म स्थानीयवासीको आय वृद्धिसँग जोडेर कुनै कार्यक्रम हुन सकेको छैन । अब भने महानगरले  स्थानीय स्तरमा नै निर्मित बस्तुहरूको बजारीकरण गर्नसमेत महानगरले सहयोग गर्ने बताएको छ । 

मौलिक सीप र उत्पादनलाई प्रवद्र्धन गरेर वडा र टोल स्तरमा नागरिकलाई उद्यमी बनाउने र जीवनयापन पद्धतिलाई सहज बनाउने  उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको मेयर शाहले बताएका छन् । 

महानगरले आफ्नो वडाको मौलिक उत्पादन र वडा स्तरीय उद्यमशीलता पहिचान गरेर महानगरमा सम्पर्क गर्न समेत भनेको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update