Odapalika - The Fourth Estate - चौथो अंग
मुगुको छायानाथ रारा नगरपालिकामा आगलागी, ८ घर जलेर नष्ट 

काठमाडौँ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा पर्ने गमगढी बजारको कालीका मालीका मन्दिरको पश्चिमी क्षेत्रमा शुक्रवार मध्यरातमा  आगलागी हुदा ८ घर जलेर नष्ट भएका छन् । 

जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार उक्त आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ्गबहादुर ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही, पद्मराज मल्लको घर टरहरा जलेर नष्ट भएका छन् ।  

स्थानीय चुम्म बुढाका अनुसार उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्यमाल सामान गरी करोडौँको क्षति भएको अनुमान छ । 

आगो नियन्त्रणका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना, नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिएका छन् । गमगढी खानेपानीको पानी प्रयोग गरी आगो नियन्त्रण गर्ने प्रयास जारी छ ।

आगो के कसरी लाग्यो र कति क्षति भयो भन्ने यकिन विवरण आउँ बाँकी रहेको वडाध्यक्षले बताएका छन् । 

रातिको समयमा आगलागी भएपनि कुनै मानवीय भने नभएको उनको भनाइ छ ।  आगलागी पीडितहरुलाई नगरपालिकाले राहत दिने नगरप्रमुख विष्णु कुमार भामले बताए । 

Photo (6)1695439335.jpg

Photo (2)1695439335.jpg

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update