Odapalika - The Fourth Estate - चौथो अंग
नेपालका ३ प्रदेशमा मनसुनको न्यूनचापीय रेखाको प्रभाव, मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित भएको र भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभावका कारण नेपालका ३ वटा प्रदेशमा बर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार यसको प्रभावका कारण हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।

दिउँसो भने कोशीप्रदेशमा सामान्यबदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीप्रदेशको केही स्थानमा भने भारी वर्षाको सम्भावना छ । मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावा हुरीको समेत सम्भावना छ ।

राति भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशमा सामान्य बदली रही केही स्थानहरू मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको विभागले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update