Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाकै खर्चमा धनगढी उपमहानगरका १९० ज्येष्ठ नागरिक मुक्तिनाथ यात्रामा 

कैलाली । धनगढी उपमहानगरपालिकाले नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुलाई तीर्थाटनका लागि मुस्ताङको मुक्तिनाथ पठाएको छ । 

नगरप्रमुख गोपाल हमाल लगायतले आज एक कार्यक्रम गरी नगरभित्रका १९० जना ज्येष्ठ नागरिकलाई धार्मिक यात्रामा पठाएको हो । 

तीर्थाटनका लागि हिडेका सबैको खर्च नगरपालिकाले व्यहोर्ने जनाएको छ । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि नगरपालिकाले यो अभियान चालेको नगर प्रमुख हमालको भनाइ छ । 

उनीहरुलाई बाजागाजासहित उपमहानगरपालिकाले खादा लगाएर बिदाइ गरेको हो । नगरले नीति तथा कार्यक्रममै ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउने नीति ल्याउदै बजेटसमेत बिनियोजन गरेको थियो । 

नगरपालिकाले मृत्यु संस्कार सम्पन्न गर्न हरेक मृतकका परिवारलाई ५ हजार रुपैयाँ खर्चसमेत दिदै आएको छ । 

मृत्यु भएकै दिन नगरपालिकाको शव बाहनले घाटसम्म लगिदिने र दाहसंस्कार खर्चबापत ५ हजार रुपैयाँ दिदै आएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update