Odapalika - The Fourth Estate - चौथो अंग
मधेसकै ठूलो ताल बनाउन जुट्यो बर्दिवास नगरपालिका, यसरी बन्दै छ योजना 

महाेत्तरी । मधेशको चुरे काखमा पानी पुनर्भरण गर्ने उदेश्यले बनेका ताल र पोखरीहरु पछिल्लो समय पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएका छन् ।

सर्लाहीको बागमती नगरपालिकामा वनेको बहुचर्चित भरत ताल पर्यटकीय हिसावले मात्र आकर्षण वनेको छैन किसानहरुको लागि समेत उपयोगी सावित वन्दै गएको छ ।

चुरे अतिक्रमणका कारण पानीका मुहानहरु सुकिरहेको जनगुनासो बढिरहेको वेला स्थानीय सरकारले समेत रिचार्ज पोखरी र ताल निर्माणमा ध्यान दिन थालेका छन् ।

महोत्तरीको बर्दिबासमा बन्न लागेको मधेश कै सवैभन्दा ठूलो तालले स्थानीय सरकारहरु चुरे संरक्षणमा संवेदनशील वन्दैछन् भन्ने संकेत दिएको छ । 

बर्दिवास–३ स्थित पुछर पाटुमा रहेको नदी उकास जग्गा अतिक्रमण भइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानीय सरकारले विशाल पर्यटकीय तालको गुरुयोजना अगाडि बढाएको छ ।

रातु नदी किनारमा रहेको झण्डै ३ किलोमिटर वरपरसम्म फैलिएको जग्गामा  मधेश कै सवैभन्दा ठुलो ताल निर्माण गर्न लागिएको बर्दिवास नगरपालिकाले जनाएको छ ।

बर्षौदेखि  हकभोग गर्दै आएका जग्गालाई समेत मुआब्जा प्रदान गर्ने र पानीको समस्यालाई समेत ताल वनाएर होल्ड गर्दा पानीको अभाव समेत परिपुर्ति हुने भएकाले तालको परिकल्पना गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले वताए ।

२०५० को दशकमा आएको वाढीले ताल निर्माण गर्ने भनिएको ठाउँलाई बगरमा परिणत गरेको थियो । 

रातु नदिको दायाँबायाँ किनारामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत तटबन्धन निर्माणपछि पनि यो क्षेत्रको जग्गा अतिक्रमको चपेटामा पर्दै आएको छ । 

चुरे जलाधार संरक्षणमा चुरे क्षेत्रमा तालतलैया र पोखरी वनाएर पछिल्लो समय बढदै गएको अतिक्रमण र पानीको समस्यालाई न्यूनीकरण गर्न सकिने वताउदै  मधेश प्रदेश वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले पनि नगरको योजनामा सहयोग गर्ने बताए ।

आज यो क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री कुर्मीले पारिस्थितिक प्रणालीलाई सन्तुलन वनाइराख्न र चुरे संरक्षण गर्न यस्ता खाल्का योजना आवश्यक रहेको बताए । 

महोत्तरी जिल्ला वन कार्यालयका कार्यालय प्रमुख सन्तोष यादवले पनि ताल निर्माणका क्रममा बनको अधिकार क्षेत्रमा आइपरेका समस्यामा सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।

ताल बन्न लागेको पाुटु क्षेत्रका वडा अध्यक्ष बिराट बिष्टका अनुसार विशाल मानवनिर्मित ताल वनाउने बिषयमा वडावासीहरुसँग छलफल भइरहेको छ । पारम्भिक चरणमा काम गर्न नगरले २० लाख रुपैयाँ बजेट समेत बिनियोजन गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update