Odapalika - The Fourth Estate - चौथो अंग
अब बिज्ञापनमा बिदेशी कलाकारको फोटो प्रयोग गर्न नपाइने 

काठमाडौँ । विज्ञापन बोर्डले होर्डिङ वोर्डलगायतका सार्वजनिक स्थलमा प्रचार सामग्रीमा बिदेशी कालाकार वा सेलिब्रेटीको तस्वीर प्रयोग गर्न रोक लगाउने भएको छ । 

वोर्डले विज्ञापन नियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको वोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले जानकारी दिए । 

नेपाली कलाकारलाई प्रोत्साहन गर्न र विदेशी संस्कृतिको नक्कल गर्ने परम्परा रोक्न यस्तो व्यवस्था गर्न लागिएको वोर्डको भनाइ छ । 

वोर्डले कसैले बिदेशी कलाकारको तस्वीर प्रयोग गरेर विज्ञापन बनाएर सार्वजनिक स्थलमा राखेको भए तत्काल हटाउन समेत भनेको छ । यो नियम सवारी साधनसहित संचारमाध्यमहरुमा समेत लागु हुने छ । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update