Odapalika - The Fourth Estate - चौथो अंग
कम्पनी दर्ता निःशुल्क गर्ने संघीय कार्यपालिकाको निर्णय 

काठमाडौँ । संघीय कार्यपालिका (सरकार)ले नयाँ कम्पनी दर्ता र कम्पनी पुँजी बृद्धि निःशुल्क गर्ने निर्णय गरेको छ । 

बुधवार बिहान बसेको संघीय मन्त्रिपरिषदको  बैठकले नयाँ कम्पनी दर्ता तथा पुँजी बृद्धिमा कुनै शुल्न नलाग्ने निर्णय गरेको हो । 

गत १५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत नयाँ कम्पनी दर्ता तथा पुँजी बृद्धिमा कुनै शल्क नलाग्ने घोषणा गरेका थिए । बजेटमा घोषणा भएअनुसारको यो निर्णय राजपत्रमा सूचना प्रकाशन भऐपछि मात्र लागु हुने सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।  उनका अनुसार बैठकमा बजेटमा गरिएको घोषणा कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय भएको हो । 

बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा सोही अस्पतालका डाक्टर रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डलको इटाली भ्रमणलाई समेत स्वीकृत गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update