Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल–चीनबीच १२ सम्झौता र १ समझदारीमा हस्ताक्षर 

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा दुइदेशबीच १२ सम्झौता र १ समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

नप्रधानमन्त्री प्रचण्ड र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् ।

सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित छन् ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीले नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरुको अनुवाद तथा प्रकाशन सम्बन्धी सम्झौता आदानप्रदान गरे ।

वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच संयुक्त प्राविधिक कार्यसमूह निर्माणसम्बन्धी सम्झौता आदानप्रदान भएको छ । 

शिक्षा सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीले विज्ञान तथा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । 

चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्र आदान प्रदान भएको छ ।

pm-li1695623159.jpg

384020190_1699374423917389_3397664503198376783_n1695623157.jpg

383995176_1272249313290143_6577458812059959978_n1695623157.jpg

383925564_690000076496885_1335346573991815298_n1695623152.jpg

383995162_2635074033307438_9095324808645476589_n1695623152.jpg

383832228_252875547737870_5262437245742643204_n1695623148.jpg

383893011_1047257846443475_6851361546045703736_n1695623147.jpg

380628179_660021795900968_6012112632043707278_n1695623144.jpg

383773224_1054840122174014_8598494942048568328_n1695623144.jpg

pm-li1695622979.jpg

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update