Odapalika - The Fourth Estate - चौथो अंग
फुटपाथ व्यवसायी पक्षधरको आन्दोलनलाई बालेनले दिए राजनीतिक रङ 

काठमाडाैँ । फुटपाथ व्यवसाायी भरपर्दो विकल्प नदिइ सडक पेटीलगायतका स्थानबाट लखेट्ने काठमाडौंँ महानगरपालिकाको नीतिविरुद्ध निरन्तर उभिएर आन्दोलन गरिरहेका अभियन्ताको आन्दोलनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक रङ दिएका छन् । 

फुटपाथ व्यवासायीमाथि महानगरको नीतिविरुद्ध २ असोजदेखि महानगरअघि उभिएर आन्दोलन गरिरहेका गरिवीको चमेली बोल्दिने कोही छैन अभियान चलाइरहेका अभियन्ता ईः लगायतको आन्दोलनमा दलीय घुसपेठ भएको मेयरको आरोप छ । 

उनले बार्ता गर्न बोलाउँदा पनि नआएको भन्दै सामाजिक सञ्जाल फेसवुकमार्फत उनीहरु राजनीतिक स्वार्थ जोडिएका कारण वार्तामा नआएको बताएका छन् । 

उनले लेखेका छन्–

बिगत केही दिन देखि केही अभियन्ताहरु आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाँहरुको कुरा र  समस्या सुनौं भन्दा अभियन्ताहरु संवादमा बोलाउदा आउन खोज्नुभएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छाँ , सायद कुनै राजनीतितक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ  । के वार्ता हामीले उहाँहरुको नेता संग गर्न पर्ने ?
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update