Odapalika - The Fourth Estate - चौथो अंग
मौवाखोलाका पहिरोपीडित ६५ परिवारलाई अस्थायी आवासमा सारियो 

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले पहिरोका कारण विस्थापित बनेका ओदक र ताम्राङका ६५ परिवारलाई एकिकृत बस्ती तथा अस्थायी आवास हस्तान्तरण गरेको छ । 

गत असारको सुरुवाती समयमा गएको विनाशकारी पहिरोबाट विस्थापित बनेका वडा नम्बर ४ ओदक र ताम्राङ बस्तीका परिवारलाई एकिकृत बस्ती निर्माण गरेर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।383780198_1509468413199832_2356836414389095478_n1695638708.jpg

साँघुस्थित निर्माणाधीन मदन भण्डारी स्मृति रङ्गशालामा निर्मित एकिकृत बस्ती तथा अस्थायी आवासको सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराई, गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमलगायतले संयुक्त रुपमा उद्घघाटन गरी हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।  

पहिरो लगत्तै गाउँपालिकाले आश्रय र सुरक्षाको तत्काल आवश्यकतालाई सम्बोधन गर्दै बस्ती परियोजनाका लागि कदम चालेको थियो । करिब २ महिनाको अवधिमा निर्मित बस्तीले विस्थापित बनेका र पहिरोको उच्च जोखिममा परेका घर परिवारलाई सुरक्षित आश्रयस्थलका रुपमा काम गर्ने गाउँपालिका अध्यक्ष वनेमले बताए ।

382466814_1509471696532837_6916757853569923184_n1695638641.jpg

परिवार संख्या हेरेर विभिन्न वर्गमा वर्गिकरण गरेर आवास कक्ष हस्तान्तरण गरिएको छ । खानेपानी, शौचालय लगायतको सुविधा सहितका ६५ आवास गृह निर्माण गरिएका छन् । टोल विकास संस्था, स्थानीय समुदायसहित विभिन्न योगदानकर्ताको सहयोगले बस्ती निर्माणमा महत्वपूर्ण भुमिका खेलेको गाउँपालिकाले जनाएको छ । 

आवास गृह १ करोड ५० लाख बढीको लागतमा निर्माण भएको जनाइएको छ । असार पहिलो सातामा अविरल वर्षापछिको पहिरोका कारण मैवाखोलामा ठूलो मात्रामा भौतिक क्षति पुगेको थियो । उक्त समयमा सिदिङ्वा गाउँपालिकामा समेत पहिरोका कारण जनधनको क्षति भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update