Odapalika - The Fourth Estate - चौथो अंग
डलरको भाउ वढ्यो, अन्य देशका मुद्राको यस्तो छ मूल्य 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । हिजोको तुलनामा आज डलरको भाउ ३४ पैसाले बढेको छ । 

बैँकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ । हिजो एकको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ शून्य पैसा थियो ।

युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसा छ । त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४९ पैसा र बिक्री दर १६३ रुपैयाँ २२ पैसा छ भने  कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update