Odapalika - The Fourth Estate - चौथो अंग
आजको राशीफलः मेषको यात्रा सफल, कर्कटको स्वास्थ्यमा समस्या

मेष ( चु चे चो ला लि लु ले लो अ )

आज मध्यम खालको दिन रहेको छ । गरेका काम आंशिक मात्र पूर्ण होलान् । मनमा खुसी र उल्लास भने छाउनेछ । शीरमा केही पीडाको महसुस होला । मनमा चाहिने नचाहिने कुरा खेलिरहन्छ । संयमता होला । संयमताका साथ कार्य गर्नु पर्नेछ । यात्रा सफल र अर्थपूर्ण होला । 

वृष ( इ उ ए ओ बा बि बु बे बो )

आज तपाईँको मन धर्म कर्ममा जानेछ । परिवारसँग बसेर दिन बित्नेछ । गरेको काम सफल नहुन पनि सक्छ । बुद्धिमतापूर्वक सोचेर काममा गर्नुपर्ला । शरीरमा पूmर्ति आउनेछ । स्वस्थ्यमा समस्या हुनसक्छ । आरामको जरुरत पर्नेछ । 

 मिथुन ( का कि कु घ ङ छ के को ह )

एकदम अनुकूल समय रहेको छ । जे गर्यो त्यो सफल हुने योग देखिन्छ । नयाँ कार्यको थालनी गर्नु उपयुक्त हुनेछ । रिसलाई आप्mनो नियन्त्रणमा राख्नुपर्ला ।  निर्णायक क्षमतामा सतर्कता भने अपनाउनु पर्ला । स्वस्थ्य पनि राम्रो हुनेछ । 

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

महत्वपूर्ण कार्य योग देखिन्छ । अरुले होच्याएर बोलेको मन पर्दैन सोही कारणले विवाद होला । अरुको सल्लाह विशेष उपयोगी सिद्ध हुनेछ । टाउको सम्बन्धी समस्याको सामना गर्नुपर्ला । आफ्नो स्वस्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ । 

 सिंह ( मा मि मु मे मो टा टि टु )

तपाईँको आज शुभ दिन रहेको छ । धन प्राप्तिको प्रवल योग रहेको छ । आपूmले गरेको परिश्रम र मिहिनेत खेर जाँदैन । आफन्त र इष्टमित्रसँग भेट्ने अवसर हुन सक्छ । आनन्द अनि सुखपूर्वक दिन बित्नेछ ।

कन्या ( टो प पि पु ष ण ठ पो )

अरुको सल्लाहले काम गर्नुपर्ला । नयाँ बस्त्र तथा गहना प्राप्तिको अवसर जुर्ला । सबै क्षेत्रमा गरेको कामले सफलता पाउला । मान,इज्यत,प्रतिष्ठा पाउने अवसर मिल्छ । हराएको सामान प्राप्त हुनसक्छ । 

७) तुला ( र रि रु रे रो ता ति तु ते ) 

आजको दिन पट्यारलाग्दो होला । मन र शरीरमा आलस्यको सामना गर्नुपर्छ । जीवन निरस भएको अनुभूति होला । घर परिवारमा पनि खटपट पर्नसक्छ । संयमताको जरुरी देखिन्छ । कुनै कुरामा आज विवाद नगरेको नै राम्रो हुन्छ । स्वस्थ्यमा पनि कमजोरी भएको अनुभव होला । 

 वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आजको दिन वृश्चिक राशिको लागि अति उत्तम समय रहेको छ । गरेका हरेक काम सफल हुनेछन् । नचिताएको धन अचानक हात पर्नसक्छ । आवश्यक काममा मात्र घरबाहिर जानुपर्ला । मनोरञ्जन र खुशीका साथ दिन बित्नेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

धनु राशिका लागि आज त्यति फलदायक छैन । कुनै नयाँकार्य गर्दा विशेष ध्यान दिनुहोला । बरु नयाँ कार्यको थालनी आज नगर्दा नै राम्रो हुन्छ । आजको यात्रा पनि प्रतिकूल छ । शारीरिक पीडाको महसुस हुन सक्नेछ । तर्कले अरुलाई भने परास्त गर्न सकिनेछ । 

 मकर ( भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

कुनै कुराले मन अस्थिर हुनसक्छ । आत्मविश्वासका साथ काम गर्नुपर्ने बेला छ । चन्द्रमा आप्mनो पक्षमा रहेकोले गरेका काम पूर्ण होलान् । सुख तथा खुसीका साथ दिन बित्नेछ । आकस्मिक लाभ हुने योग पनि रहेको छ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आजको दिन कष्टकर देखिन्छ । परिश्रमपूर्वक गरेको कामबाट पनि थोरै मात्र लाभ हुन सक्छ । टाढाको यात्राले आज कष्ठ देला । तपाईँको रिस गर्ने धेरै छन् त्यसतर्पm ध्यान नदिई आप्mनो कार्यमा तल्लीन रहनु राम्रो हुन्छ ।

मीन ( दि दु थ झ ञ दे दो चा ची ) 

आजको दिन आनन्दमय तथा उल्लासमय होला । मन र शरीरमा स्पूmर्ति आउनेछ । आफन्तको पूर्णसाथ रहनेछ । आर्थिकरुपमा भने आजको दिन खर्चिलो देखिन्छ । रचनात्मक वा राम्रो काममा खर्च हुनेछ । 

ज्यो.पं. किशोर कुमार घिमिरे,सम्पर्क  ९८५१०६२९४२

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update