Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल–चीनबीच प्रशारण लाइन बनाउने सहमति, तर बनेन लगानीका आधार 

काठमाडौँ । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ । 

मंगलबार बिहान संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण छिटो सुरु गर्ने सहमति भएको जानकारी दिइएको हो ।

संयुक्त वक्तव्यमा लेखिएको छ, ‘जिलोङ÷केरुङ–रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने छ ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको थियो । 

संयुक्त व्यक्तव्यमा ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युत, सीमापार प्रसारण लाइन र सम्बद्ध सबस्टेसनको विकासमा सहयोगलाई थप प्रर्वद्धन गर्दै केरुङ–रसुवागढी–चिलिमे प्रसारण लाइन बनाउने सहमति भएको उल्लेख छ । यसमा लगानीको विषयबारे भने केही उल्लेख गरिएको छैन ।
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update