Odapalika - The Fourth Estate - चौथो अंग
आजको राशिफलः तुलामा तर्क, धनुमा मन जित्ने योग 

मेष (चु चे चो ला लि लु ले लो अ)

आजको दिन तपाईँको उत्तम रहेको छ । गरेका काम पूर्ण होलान् । इच्छा पूरा भएकोले मनमा खुसी र उल्लास छाउनेछ । चन्द्रमा दाहिना हुनाले चिताएको सोचेको कुरा पूरा हुनेछ । यात्रामा सफलता पाउनुका साथैै अर्थपूर्ण हुलेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

आज मनले चिताएको पूरा हुने समय छ । नयाँ नयाँ कुराले मनमा डेरा जमाउनेछ । खुसीको खबर सुन्न पाइनेछ । गरेको काम सफल हुन्छ । बुद्धिमतापूर्वक सोचेर काम गर्नुपर्ला । शरीरमा स्पूmर्ति रहनेछ । स्वस्थ्यमा सुधार आउनेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

समय त्यति अनुकूल रहेको छैन । काममा बाधा हुने योग देखिन्छ । नयाँ कार्यको थालनी आज नगर्दा राम्रो होला । आप्mनो रिसले आपैmँलाई हानी गर्ला विचार राख्नुपर्नेछ । तपाईँको क्षमतामा कसैले प्रश्न उठाउनेछ । स्वस्थ्यमा पनि गडबडी हुनेछ । 

कर्कट ( हि हु हे हो डा डि डु डे डो)

आजको दिन ठिकै देखिन्छ । अपमान सहनु पर्नेछ, सोही कारणले विवाद होला । ठूलाको सल्लाह विशेष उपयोगी हुनेछ । स्वस्थ्यमा सुधार आउनेछ । मनमा खिचडी पाक्नेछ । संयमताको आवश्यक देखिन्छ ।  

सिंह ( मा मि मु मे मो टा टि टु)

आज शुभदिन रहेको छ । हरेक काम पूरा हुने प्रवलयोग छ । गरेको परिश्रम र मिहिनेतलाई सही ठाउँमा लगाउन सफल हुनुहुनेछ । आफन्तको सहयोग पाइनेछ । मित्रसँग भेट्ले आनन्द अनि खुसी  दिनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आज तपाईँलाई चन्द्रमाले साथ दिएका छन् । कामको गति अगाडि बढ्नेछ । जलविहार वा यात्राको अवसर नआउला भन्न सकिन्न । सबै क्षेत्रमा गरेको कामले सफलता पाउने योग छ । धन पाउने अवसर मिल्ला । सम्मान प्राप्त हुन्छ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आत्मीयजनसँग भेटघाटको अवसर पाइनेछ । आप्mनो सीप प्रदर्शन गर्ने मौका मिल्नेछ । प्रशंसा पाइनेछ । बोल्दा भने विचार पुर्याउनु पर्ला । आप्mनो बोलीले अरुको मन दुखाउन सक्नेछ । संयमताको जरुरी देखिन्छ । स्वस्थ्यमा सुधार आउनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको दिन वृश्चिक राशिको लागि प्रतिकूल समय रहेको छ । गरेका हरेक काममा बाधा आउनेछन् । नचिताएको धन खर्च हुने योग छ । आवश्यक काममा मात्र घरबाहिर जानुपर्ला । मानसिक तनावका साथ दिन बित्नेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज  अनुकूल समय छ । नयाँ कार्यको थालनी गर्दा राम्रो हुन्छ । आजको यात्रा भने प्रतिकूल छ । शीरमा दर्दको महसुस हुन सक्नेछ । तर्कले सबैको मन जित्न सकिनेछ । धन प्राप्तिको योग देखिन्छ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

तपाईँको विचारको कदर हुनेछ ।  आत्मविश्वासका साथ गरिएको कामले पूर्णता पाउनेछ । चन्द्रमा आफ्नो पक्षमा रहेकोले गरेका काम पूर्ण हुन्छन् । रमाइलोका साथ दिन बित्नेछ । आकस्मिक लाभ हुने पक्का छ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आजको दिन आर्थिक पक्ष कमजोर होला । धेरै परिश्रम गर्दा थोरै  मात्र लाभ हुनेछ । टाढाको यात्रा आज नगर्दा राम्रो होला । रिस गर्ने धेरै छन् त्यसतर्फ ध्यान नदिई आफ्नो कार्यमा तल्लीन रहनु राम्रो हुन्छ । शरीर शिथिल भएको अनुभूति हुनेछ । चोटपटकको पनि सम्भावना देखिन्छ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आजको दिन संघर्षमय होला । मन र शरीरमा आलस्यले घर जमाउनेछ । परिवारको साथ रहनेछैन । आजको दिन खर्चिलो देखिन्छ । अनावश्यक काममा खर्च हुनेछ । 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update