
काठमाडौँ । आज धार्मिक परम्परा अनुसार हिन्दु धर्मावलम्बीहरुले प्रदोष ब्रत बसेर भगवान शिवको आरधना गर्ने दिन हो । प्रदाेष ब्रतलाई हिन्दुहरुले एकादशीलाई जस्तै महत्व दिने गर्छन् ।
एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ ।
प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अथाृत चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरेको कारण मनाइएको शास्त्रहरुमा उल्लेख छ ।
प्रदोष व्रत सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ । प्रदोषको समयमा भगवान शिवको पूजा गरेर मात्र खानपान गर्नुपर्ने नियम छ ।
यसरी ब्रत बसेपछि सादा खाना आनुपर्ने नियम छ । यो बेला नुन, खुर्सानी, लसुन, प्याज आदि खान निमल्ने बताइएको छ ।