Odapalika - The Fourth Estate - चौथो अंग
मंगोलियाको अन्तर्राष्ट्रिय डेव्यु , नेपाली क्रिकेटरले बनाए किर्तिमान नै किर्तिमान

काठमाडौँ । युवा ब्याटर कुशल मल्लको किर्तिमानी सतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको किर्तिमानी अर्धसतकसहित नेपालले मंगोलियालाई ३१५ रनको ऐतिहासिक लक्ष्य दिएको छ । 

चिनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा टस हारेर सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३१४ रन बनाएको हो ।

पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको मंगोलिया बलिङ र फिल्डिङतर्फ कमजोर प्रदर्शन गरेको छ । नेपाली ब्याटरले सानदार प्रदर्शन गरेपनि मंगोलियन खेलाडी दवावमा आए । नेपाल टी२० आईकै ठूलो स्कोर बनाउन सफल भएको छ  मंगोलियन खेलाडीले बारम्बार कुशल मल्ल र रोहितको क्याच छाडेका थिए ।

कुशल मल्लले ३४ बलमा सतक बनाए । उनले ६ चौका र ८ छक्का प्रहार गर्दै १०० रन पूरा गरेका थिए । कुनै पनि खेलाडीले ३४ बलमा सतक बनाएको पहिलो पटक हो ।

तेस्रो नम्बर क्रिजमा आएका कुशल मल्लले कीर्तिमानी सतक बनाएका हुन् । कुशलले ५० बलमा एक सय ३७ रन बनाए । कप्तान रोहितले २७ बलमा ६१ रन बनाएर आउट भए । २ चौका र ६ छक्काको वर्षात गरेका रोहित क्याच आउट भए ।

मल्ल र रोहितले तेस्रो विकेटको लागि १९३ रनको बलियो साझेदारी गरेका थिए ।

यसअघि कुशल मल्लले ३४ बलमा सतक बनाए । उनले ६ चौका र ८ छक्का प्रहार गर्दै १०० रन पूरा गरेका थिए । कुनै पनि खेलाडीले ३४ बलमा सतक बनाएको पहिलो रेकर्ड हो ।

पाँचौ नम्बर क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले १९औं ओभरमा ५ बलमा पाँच छक्का प्रहार गरेका थिए । उनले १० बलमा ८ छक्कासहित ५२ रन बनाए । दीपेन्द्र टी–२० आईमा १० बलमै अर्धसतक बनाउने विश्वको पहिलो खेलाडी बनेका छन् ।

पाँचौ नम्बर क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले १९औं ओभरमा ५ बलमा पाँच छक्का प्रहार गरेका थिए । उनले १० बलमा ८ छक्कासहित ५२ रन बनाए । दीपेन्द्र टी–२० आईमा १० बलमै अर्धसतक बनाउने विश्वको पहिलो खेलाडी बनेका छन्  । मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो । मंगोलियाको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल हो । यसअघि उसले कुनै पनि फम्र्याटको क्रिकेट खेलेको छैन ।

मंगोलियापछि नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपाली टोली कप्तान रोहितसँगै ओपनर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update