Odapalika - The Fourth Estate - चौथो अंग
टोखा नगरपालिकामा १४ असोजदेखि कर सप्ताह 

काठमाडौँ । टोखा नगरपालिकाले १४ देखि २१ असोजसम्म राजस्व सप्ताह मनाउने भएको छ । टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोतलाई वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउनका लागि कार्यपालिकाको बैठकको निर्णयानुसार राजस्व सप्ताह आयोजना गर्न लागेको जानकारी दिए । 

कर सप्ताह मनाउनेवारे जानकारी दिन आयोजना गरिएको अन्तकृयामा उनले गत आर्थिक वर्षमा नगरपालिकाले २४ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेका जनकारी पनि दिए । 

टोखाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक करमा ३३ प्रतिशत, घरबहाल करमा १६ प्रतिशत र अन्य शीर्षकमा १० प्रतिशत छ ।  उनका अनुसार १४ गते बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिने र साताभर करका बारेमा प्रचार–प्रसार तथा शिक्षा प्रदान गरिने छ ।

प्रमुख प्रशासकीय अधिकृत बिसीले टोखाको कुल बजेटमध्ये ७७ प्रतिशत बजेट संघीय सरकारसँग भर पनुपर्ने अवस्था आएको जानकारी दिए । राजस्व सप्ताहसम्बन्धी अन्तकृयामा राष्ट्रिय  योजना आयोगका पूर्वसदस्य प्राडा डिल्लीराज खनालले आम नगरवासीलाई राजस्वका बारेमा जनचेतना प्रदान गर्न आवश्यक रहेको बताए ।

करदाता सेवा कार्यालय बालाजुका कर अधिकृत लालप्रसाद पङ्गेनीले घर–घरमा पुगेर कर शिक्षा प्रदान गर्न सकेमात्र नगरपालिकाले राखेको लक्ष्य हासिल हुने बताए ।

करदाता सेवा कार्यालय लाजिम्पाटका कर अधिकृत तिलक खड्काले नगरवासीले कर नतिरे नगरपालिकाबाट पाउने सेवा, सुविधा कटौती हुन्छ भन्ने सन्देश दिन जरुरी रहेको बताए । 
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update