Odapalika - The Fourth Estate - चौथो अंग
दलीय आवद्धता त्याग गरेको केरावारी गाउँपालिकाका १० जना शिक्षकको घोषणा

काठमाडौँ । मोरङको केरावारी गाउापालिकाका १० जना शिक्षकले अबदेखि राजनीतिक दलका कुनैपनि भातृ तथा शुभेच्छुक संस्थासहित शिक्षकहरुका कुनैपनि संगठनमा आवद्ध नरहने घोषणा गरेका छन् । 

विद्यालय शिक्षा विधेयकको विरोधमा भएको आन्दोलनका क्रममा सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिले शिक्षकहरुलाई धोका दिएको भन्दै उनीहरुले शिक्षकहरुले दलीय आस्थावाट फाइदा लिन नसक्ने निष्कर्षसहित आवद्धता त्यागको घोषणा गरेका हुन् । 

गाउँपालिकाको आमजुंगी आवसीय विद्यालयका सबै शिक्षकहरुले विज्ञप्ति जारी गर्दै दल र शिक्षकका संगठनहरु सबै गुलाम भएको भन्दै यसता संस्थामा बस्नुको औचित्य नरहेको भन्दै आवद्धता त्याग गर्ने र हाल आवद्ध रहेका सबै भातृ तथा सुभेच्छुक संस्थाबाट राजीनमा गर्ने घोषणा गरेका छन् । 

हेर्नुहोस् विज्ञप्ति 

release1695787186.jpg

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update