Odapalika - The Fourth Estate - चौथो अंग
मंगोलियाविरुद्धको क्रिकेटमा नेपालले बनायो ४ विश्व किर्तिमान

काठमाडौँ । चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरूष ट्वान्टी २० क्रिकेटमा मंगोलियाविरूद्धको खेलमा नेपालले ४ विश्वकिर्तमानसहित २७३ रनको फराकिलो जित हासिल गरेको छ ।

कुशल मल्लको सतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतकसहित नेपालले मंगोलियालाई निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३१५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा आएको मंगोलियाले १३.१ ओभरमै अल आउँदा हुँदा मात्र ४१ रन बनाउन सक्यो । उसका कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । २ जना खेलाडी शुन्यमा आउट भए । 

नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने समान २ विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १ विेकट लिए । 

यो खेलबाट नेपालको नाममा सबैभन्दा ठूलो योगफल बनाउने कीर्तिमान बनेको छ  । ३१४ रनको योगफल ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि देशले बनाएका थिएनन् । 

सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान नेपालका कुशल मल्लले राखेका छन् । मल्लले ३४ बलमा शतक पुरा गर्दै विश्व रेकर्ड बनाएका हुन् । यस अघि अस्ट्रेलियाका डेभिड वार्नर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका एस विक्रमसेकराले ३५ बलमा शतक बनाउदै यो रेकर्ड बनाएका थिए । ज

अर्को कीर्तिमान सबैभन्दा छिटो अर्धशतक बनाउने नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी बने । भारतका युवराज सिंहले सन्  २००७ मा इङ्ल्यान्डविरुद्ध १२ बलमा बनाएको अर्धशतकको रेकर्ड तोड्दै दिपेन्द्रले कीर्तिमान राखेका हुन् । ऐरीले मात्र ९ बलमा अर्धशतक पुरा गरे । यउनले १९औं ओभरमा लगातार पाँच छक्का प्रहार गरेका थिए ।

यस्तै सर्वाधिक ठूलो स्कोरले जित निकाल्न सफल भएको छ । यसअघि चेक रिपब्लिकले टर्कीविरुद्ध २५७ रनको सर्वाधिक ठूलो जित निकालेको थियो । नेपालले मंगोलियाविरुद्ध सर्वाधिक २७३ रनको जित निकालेको छ । 

तेस्रो नम्बर क्रिजमा आएका कुशल मल्लले कीर्तिमानी सतक बनाएका हुन् । कुशलले ५० बलमा एक सय ३७ रन बनाए । कप्तान रोहितले २७ बलमा ६१ रन बनाएर आउट भए । २ चौका र ६ छक्का बनाए । 

यसअघि कुशल मल्लले ३४ बलमा सतक बनाए । उनले ६ चौका र आठ छक्का प्रहार गर्दै एक सय रन पूरा गरेका थिए । कुनै पनि खेलाडीले ३४ बलमा सतक बनाएको पहिलो पटक हो ।

पाँचौ नम्बर क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले १९औं ओभरमा पाँच बलमा पाँच छक्का प्रहार गरेका थिए । उनले ९ बलमा आठ छक्कासहित ५२ रन बनाए । दीपेन्द्र टी–२० आईमा १० बलमै अर्धसतक बनाउने विश्वको पहिलो खेलाडी बनेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update