Odapalika - The Fourth Estate - चौथो अंग
सुजुकी मोटरसाइकल र स्कुटरको खरिदमा नयाँ स्किम, के–के पाइन्छ थप ?

काठमाडौँ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजी अटोमोबमाईल्सले मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाडौ खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ । 

कम्पनीका अनुसार यो स्किमअन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ पक्का छुट वा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार रुपैयाँ तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १० हजार थप मुल्यांकन प्राप्त गर्न सक्ने वा शुन्य प्रतिशत व्याजदरमा फाइनान्सको सुबिधाका साथै एक बर्ष सडक कर छुट हुनेछ ।

Suzuki-dashain-offer1695793500.jpg

यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जनालाई प्रदान गरिने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update